अमेरिकन जर्नी

सामाजिक सञ्जाल लुकाउन खोज्नेको अमेरिकी भिसा आवेदन अस्विकार हुने

काठमाडौं । भिसा आवेदनमा सामाजिक सञ्जालसम्बन्धी जानकारी लुकाउने प्रयास गरिएमा अमेरिकी भिसा अस्वीकृत हुनसक्ने बुधबार अमेरिकी दूतावास काठमाडौंले चेतावनी जारी गरेको छ । सामाजिक सञ्जालबाट विवरण नदिएमा भिसा अस्वीकृतमात्र नभई भविष्यमा पनि अमेरिकाको भिसाका लागि अयोग्य ठहरिन सक्ने चेतावनी दूतावासले दिएको छ ।

भिसा फर्म भर्दा सामाजिक सञ्जालमा उपस्थीति भए नभएकोबारेको प्रश्नमा कतिपय आवेदकले सामाजिक सञ्जालमा उपस्थीति हुँदाहुँदै पनि भर्ने झन्झटले आफ्नो सामाजिक सञ्जाल एकाउन्ट नभएको विवरण भर्ने गरेका छन् । तर यसो गर्दा अमेरिकालाई ढाँटेको ठहर हुने भएकाले तथा विवरण ढाँटेको फेला परेको खण्डमा अमेरिकाको भिसाको लागि अयोग्य हुने प्रावधान रहेको सन्दर्भमा दूतावासले यस्तो चेतावनी जारी गरेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्