इमिग्रेशन अपडेट

शरणार्थी आवेदन रोक्ने ट्रम्पको प्रयास अदालतबाट अस्वीकार

वाशिङ्टन डिसी । ट्रम्प प्रशासनले दक्षिणी सीमाना पार गरेर शरण माग्ने व्यक्तिहरूलाई पूर्ण रूपमा प्रवेश निषेध गर्न नसक्ने वाशिङ्टनका एक संघीय न्यायाधीशले बुधबार फैसला गरुेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो दिनमा यस्तो नीति लागू गरेका थिए ।

न्यायाधीश रान्डोल्फ डी मसले १२८ पृष्ठको आफ्नो रायमा संविधान र संघीय आप्रवासन कानूनले राष्ट्रपतिलाई उनले दावी गरेको व्यापक अधिकार प्रदान नगर्ने उल्लेख गरेका छन् । सरकारले अमेरिकाका गैरकानूनी प्रवेश रोक्न र शरण दावीको भारी ब्याकलगको निर्णय गर्न ठूलो चुनौतीहरूको सामना गरिरहेको भने अदालतले स्वीकार गरेको छ। तर संविधान र शरणार्थीहरूलाई नियमन गर्ने वर्तमान कानूनले राष्ट्रपति वा उनको प्रतिनिधिलाई वैकल्पिक आप्रवासन प्रणाली अपनाउने अधिकार प्रदान नगर्ने न्यायाधिसको फैसलामा उल्लेख छ ।

आप्रवासी अधिकार समूहहरूले मुद्दा दायर गर्दै ट्रम्प प्रशासनले शरण प्रणालीलाई नियमन गर्ने कानून बनाउने कांग्रेसको शक्तिलाई हडपेको तर्क गरेका थिए । शरण दावी बिना नै अमेरिकाबाट हटाइएका वा हिरासतमा राखिएका एक दर्जनभन्दा बढी व्यक्तिहरूको तर्फबाट कानूनी चुनौती ल्याइएको थियो ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्