एक्सक्लुसीभ

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज (सोमबार) समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने अन्तिम दिन रहेको छ।

निर्वाचन आयोगले तोकेअनुसार दलहरूले सोमबार कार्यालय समयभित्र आफ्नो समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ।

निर्वाचन कार्यक्रमअनुसार आइतबारदेखि दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सुरु गरेका थिए भने केही दलहरूले आइतबारै पेस गरिसकेका थिए।

निर्वाचन आयोगले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुने तय गरेको छ र त्यसका लागि तयारी तीव्र पारिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्