एक्सक्लुसीभ

११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी आरब, स्पेन, अमेरिका, बेलायत र जापानकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारले राजदूतलाई आगामी तीन साताभित्र नेपाल फर्किन निर्देशन दिएको हो।

उहाँका अनुसार कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्