नेपाल

सभापति देउवा निवासमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानील कण्ठस्थित निजी निवासमा आगजनी गरिएको छ । उत्तेजित प्रदर्शनकारी सभापति देउवाको निवास भित्र छिरेर जागजनी गरेको जानकारी प्रहरीले दिएको छ । 

घटना स्थलमा रहेका स्थानीयबासीका अनुसार, देउवा निवासमा आगो लागेको छ । केहीबेर अघि नेपाली सेनाको हेलिकोप्टर त्यस क्षेत्रमा पुगेको जानकारी पनि दिइएको छ ।

त्यस क्षेत्रमा बिहानैदेखि प्रदर्शनकारीले आगजनीको प्रयास जारी राखेका थिए । यसअघि ऊर्जामन्त्री दीपक खड्काको घरमा जागजनी गरिएको थियो ।

काठमाडौं जिल्ला प्रहरी परिसर रानी पोखरीका प्रवक्ता शेखर खनालका अनुसार शीर्ष नेता तथा सार्वजनिक सम्पत्तिमा तोडफोड हुनुका साथै आगजनी भएको बताउनु भयो । उहाँले विस्तृत विवरण आउन बाँकी छ भन्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्