नेपाल

संयमता अपनाउन डा. सन्दुक रुइतको अपिल

काठमाडौँ । वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा डा. सन्दुक रुइतले जेनजी आन्दोलनकारीलाई संयमता अपनाउन अपिल गर्नुभएको छ। 

उहाँले सामाजिक सञ्जालमार्फत परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहेका उनीहरूलाई सार्वजनिक सम्पत्तीको रक्षा गर्नु हरेक नेपालीको दायित्व भएको स्मरण गराउनुभएको छ।

उहाँले भन्नुभएको छ, “भाइबहिनीहरू, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।”

उहाँले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व भएको दोहोर्याउँदै उहाँले भन्नुभएको छ, “सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ। संयम बनौँ, सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्