एक्सक्लुसीभ

रुसी विमान दुर्घटना, ४९ जनाको मृत्युको आशङ्का

ब्लागोभेश्चेन्स्क (रुस) । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार दुर्घटना भएको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४, (सोभियत–इरा एन–२४) यात्रुबाहक विमान अवतरणको क्रममा नै आगो लागेर जलेको पुष्टि भएको छ। विमानमा सवार ४९ जनामध्ये सबैको ज्यान गएको आशङ्का गरिएको छ।

टिन्डा विमानस्थलका निर्देशकका अनुसार, विमान जमिनमा ठोक्किएसँगै आगलागी भएको थियो। घटनापछि क्षेत्रको हवाई निगरानीका लागि परिचालित (एमआइ–८)) हेलिकाेप्टर टोलीले कुनै पनि जीवित यात्रुको सङ्केत फेला नपरेको जानकारी दिएको छ।

रुसी नागरिक सुरक्षा तथा आगो नियन्त्रण केन्द्रले राज्य समाचार संस्था ताससँग दिएको जानकारीमा भनिएको छ,“टिन्डा विमानस्थलका निर्देशकका अनुसार विमान जमिनमा ठोक्किएपछि आगो लागेको हो, र घटनास्थल माथिबाट उडिरहेको हेलिकाेप्टरले कुनै पनि बाँचेकाको सङ्केत देखेन।”

दुर्घटनास्थल अमुर क्षेत्रको टिन्डा नजिकै रहेको पहाडी र दुर्गम क्षेत्र हो। उद्धार कार्य अवरुद्ध भएको छ । प्रारम्भिक समाचारमा ५० यात्रु रहेको समाचार आए पनि एक जनाको अवस्थाका बारेमा स्पष्ट पारिएको छैन । यसको मुख्य कारण जङ्गलयुक्त भूगोल र कठिन मौसम रहेको अधिकारीहरूले बताएका छन्। (तास)

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्