राजनीति

१५ औँ महाधिवेशनबारे छलफल गर्दै कांग्रेस गगन समूह

ललितपुर। नेपाली कांग्रेस गगन समूहको केन्द्रीय कार्यसमितिको बैठक आज मङ्गलबार अपरान्ह बस्दैछ । उपसभापति पुष्पा भुसालका अनुसार कांग्रेसको १५ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने छ ।

सभापति गगनकुमार थापाले दिएको राजीनामा चैत ८ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अस्वीकृत भएपछि उहाँ पूर्ववत् जिम्मेवारीमा फर्किनुहुने छ । उपसभापति भुसालले भन्नुभयो, “नेपाली कांग्रेसले निर्वाचनमा अपेक्षाकृत नतिजा हासिल गर्न नसके पनि इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । अब पार्टीलाई पूर्णतः रूपान्तरित गरेर अघि बढ्नुपर्ने छ । यसैका लागि आवश्यक निर्णय लिइने छ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्