खेलकुद

रास्वपाको कर्णाली प्रदेश सभापतिमा खड्का विजयी

कर्णाली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी हुनुभएको छ ।

आज यहाँ सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी हुनुभएको हो ।

कुल खसेको ४०० मध्ये खड्काले २८८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी दिएको छ । उहाँका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गर्नुभयो ।

सभापतिमा पुनःनिर्वाचित हुनुभएका खड्का पार्टी स्थापनादेखि सङ्गठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिका रुपमा चिनिन्छ । त्यस्तै, बस्नेत गत फागुनमा नेकपा एमालेबाट रास्वापामा प्रवेश गर्नुभएको थियो । उहाँ गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट उम्मेदवार हुनुहुन्थ्यो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्