मनोरंजन

मोनिका खड्काले जितिन ‘लियो मिस तिज’को उपाधि

बुटवल । ‘लियो मिस तिज’ सैनामैनाको तेह्रौँ संस्करणको उपाधि मोनिका खड्काले जित्नुभएको छ । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गिया निवासी खड्काले उपाधिसँगै २५ हजार रुपियाँ, क्राउन, ट्रफी, प्रमाणपत्र र अन्य आकर्षक उपहार प्राप्त गर्नुभयो ।

लियो क्लब अफ सैनामैनाले हरेक वर्ष तिज पर्वका अवसरमा महिलाहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने तथा पुरानो संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको छ । रुपन्देहीको सैनामैना नगरपालिका लगायत छिमेकी पालिकाबाट प्रतिनिधित्व गरेका युवतीबिच भएको प्रतियोगिताको अन्तिम छनोटमा नौ प्रतियोगी फाइनल राउन्डमा सहभागी भएका थिए ।

लियो क्लब अफ सैनामैनाका अध्यक्ष मनिष खत्रीले लियो मिस तिजले नेपालको मौलिक कला, संस्कृति, संरक्षण गर्दै युवा पिँढीलाई सांस्कृतिक जागरण पैदा गर्न सहयोग पु¥याएको बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्