मनोरंजन

जेनजी आन्दोलन र नारी सशक्तीकरण ‘बिगुल’

काठमाडौँ । चलचित्र ‘बिगुल’ को फस्र्ट लुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ  ।

तीन तरिकाका पोस्टरमध्ये एउटामा अभिनेतृ बेनिशा हमाल गम्भीर भावमा देखिनुभएको छ । दोस्रो पोस्टरमा बेनिशा, अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित मुद्रामा देखिनुभएको छ । अर्को पोस्टरमा ‘बिगुल’ का प्रमुख कलाकारलाई समेटिएको छ । चलचित्रले युवा र महिलामा चेतना जगाई भ्रष्टाचार र विकृति उन्मूलनका लागि परिवर्तनको बिगुल फुकेको कथाकार तथा निर्माता दिनेश कोइरालाले बताउनुभयो ।

चलचित्रमा बेनिशाका साथमा नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर बाङ्देललगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, संवाद, शिव ढकालको छायाङ्कन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको सङ्गीत तथा तारा थापा किम्भेको सम्पादन रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्