खेलकुद

महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने टोलीको बिदाइ

काठमाडौँ । बङ्गलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने नेपाली महिला कबड्डी टोलीको बिदाइ गरिएको छ ।

शनिवार सुरु भएर मङ्सिर ९ गतेसम्म चल्ने विश्व कपमा नेपाल सहित  बङ्गलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र सहभागिता रहेको बताइएको छ  नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले पहिलो खेल सोमवार खेल्ने छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव राजीव श्रेष्ठ लगायतले टोलीलाई आज बिदाइ गरे ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्