खेलकुद

गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई

सुनसरी । धरानमा सम्पन्न चौथो संस्करणको ‘गोर्खा ट्रेल ब्लेजर’ दौड प्रतियोगितामा पुरुषतर्फ उमेश थापा र महिलातर्फको उपाधि प्रिया तामाङले जित्नुभएको छ । 

आज सम्पन्न १० किलोमिटर दौड धरानका धावक थापाले २५ मिनेट ५१ सेकेन्डमा र महिलातर्फ दार्जिलिङकी प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा उक्त दूरी पार गर्नुभयो । विजेता दुवै जनालाई जनही रु २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालका अध्यक्ष महेन्द्र राईले बताउनुभयो ।

गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा सम्पन्न दौड प्रतियोगिता धरान उपमहानगरपालिका–१८ स्थित रत्न चोकबाट सुरु भई मङ्गलबारे, सर्दु खोलाको नयाँ पुल हुँदै धरान–२० विष्णुपादुकास्थित भञ्ज्याङमा पुगेर समापन भएको थियो ।

प्रतियोगितामा सुनसरी, मोरङ, झापा, पाँचथर, धनकुटालगायतका जिल्लाबाट करिब पाँच सय धावक–धाविकाको सहभागिता रहेको थियो । जीवित वीर गोर्खा सैनिकहरूको सम्मानमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्