नेपाल

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

सप्तरी । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालत जलाउने, तोडफोड गर्ने र क्षति पुर्‍याउने जो–कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउनुभएको छ ।

जेनजी आन्दोलनका क्रममा सप्तरी जिल्ला अदालतमा पुगेको क्षति अवलोकन गर्न राजविराज आउनुभएका राउतले दोषी पहिचान गरी कारबाही अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार जेनजी आन्दोलनका क्रममा देशभरका अदालतहरूमा भएको आगलागी र तोडफोडबाट करिब अढाई अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। ‘यो २०७४/७५ तिरको मूल्याङ्कन हो, हालको मूल्यमा यो क्षति अझै बढी हुन्छ,’

राउतले अदालतमा जलेका मिसिलहरूको पुनःसञ्चालन भइरहेको र त्यसले मुद्दा निर्णयमा समस्या नपर्ने स्पष्ट पार्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्