साहित्य

महिनावारी पीडाको कथा ‘अदृश्य आँसु’ सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा महिनावारीका कारण भोग्नु परेको हिंसालाई चित्रित गर्दै लघुकथा ‘अदृश्य आँसु’ सार्वजनिक भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने सचेतना अभियानको अवसरमा काठमाडौँमा विशेष कार्यक्रमबिच कर्णाली प्रदेशमा महिनावारीका कारण भोग्नु पर्ने परम्परागत प्रथा र सामाजिक हिंसालाई केन्द्रमा राखेर तयार पारिएको लघुकथा ‘अदृश्य आँसु’ सार्वजनिक भएको हो ।

‘अदृश्य आँसु’ कथाले लैङ्गिक हिंसा पीडित महिलाको मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक पीडालाई चित्रित गर्दै समाजमा आवश्यक सहयोग र संवेदनशीलता अभिवृद्धि गर्ने सन्देश दिएको छ ।

सामाजिक विभेद र महिनावारी तथा अपाङ्गता विभेदविरुद्ध सचेतना प्रवाह गर्ने उद्देश्यले उक्त कथा निर्माण गरिएको सुस्वा परियोजनामा कार्यरत लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण विज्ञ राजु तिर्वाले जानकारी दिनुभयो ।

कथाको माध्यमबाट समाजलाई जातीय भेदभाव, अपाङ्गता र महिनावारी विभेदविरुद्ध गोलबद्ध बनाउने उद्देश्य रहेको उहाँको भनाइ छ । कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले ‘अदृश्य आँसु’ कथामा देखाएको जस्तै अवस्था कर्णाली र सुदूरपश्चिममा व्याप्त भएको बताउनुभयो । आजको युगमा कुरीतिमा अल्झँदा ठूला विकासका योजनाह ओझेलमा परेको उहाँको भनाइ छ ।

कार्यक्रममा अदृश्य आँसुकी कलाकार सिर्जना बडुवालले लघु कथामा देखाएको जस्तैअवस्था नजिकबाट भोगेको बताउनुभयो ।

उहाँले कर्णालीमा छाउ भएको बेलामा पोषिलो खानेकुरा दुध, दही र घिउ जस्ता खानेकुरा खान त के छुन पनि नपाइने हुँदा महिला कुपोषित हुने जोखिम बढेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग सङ्घ कर्णाली प्रदेशकी प्रतिनिधि सोमना खड्काले अपाङ्गता भएकाले थप हिंसा भोग्नु परेको सुनाउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्