मनोरंजन

मदनकृष्ण श्रेष्ठको ‘पहाड भो मलाई यो उमेर काट्न’ सार्वजनिक

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न …’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार दिनेश अधिकारीको शब्द रचनाको गीतमा हरि लम्सालको सङ्गीत रहेको छ । गीतको निर्देशन निकेश खड्काले गर्नुभएको हो ।

टुवेल्भ नोटसले प्रकाशनमा ल्याएको गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजागर गरिएको छ । गीत र कविताको मिश्रण रहेको यो सिर्जनाले नेपाली गीतसङ्गीतका श्रोतालाई एउटा फरक स्वाद दिने छ भन्ने विश्वास सङ्गीतकार लम्सालको छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्