मनोरंजन

चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ आजबाट प्रदर्शनमा

काठमाडौँ। आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आएका हुन् । ‘कुमारी’लाई दिनेश राउतले निर्देशन गरेका छन् । ‘रमिताको पिरती’लाई सुदीप्ताले निर्देशन गरेकी छन् ।

‘कुमारी’को प्रमुख भूमिकामा अभिषेक खड्का र आकृति राजभण्डारी छन् । महेन्द्र अधिकारी यो चलचित्रका निर्माता हुन् । चलचित्रमा प्रेम, संघर्ष र पारिवारिक अन्तर्द्वन्द्वलाई चित्रण गरिएको छ ।

‘रमिताको पिरती’मा आना शर्मा, धिरज मगर, विनय श्रेष्ठ र समीर श्रेष्ठ मुख्य भूमिकामा छन् । यो चलचित्र ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने भावनात्मक यात्राको कथा हो । महिला केन्द्रित यो चलचित्रको कार्यकारी निर्माता आना शर्मा हुन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्