मनोरंजन

चलचित्र ‘काजी’ प्रदर्शनको तयारीमा

काठमाडौँ । नायिका केकी अधिकारी अभिनीत चलचित्र ‘काजी’ प्रदर्शनको तयारीमा छ । उहाँले राजधानीमा आयोजित एक कार्यक्रममा प्रेम र सम्बन्धको गहिराइ बोकेको चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताउनुभयो । केकीले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारका रूपमा व्याख्या गरिएको धारणा व्यक्त गर्नुभयो । चलचित्र काजी र कजिनीको प्रेमकथा हो ।

उहाँका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण फरक भइसकेको भए पनि ‘काजी’ को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराखेको छ । उहाँले थप्नुभयो, “पात्र ‘कजिनी’ लाई ‘काजी’ ले जति प्रेम गर्छ, त्यति प्रेम कजिनीले सात जुनीसम्म पनि फर्काउन सक्दिनँ भन्ने अनुभूति हुन्छ ।”

चलचित्र आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुँदै छ । लक्ष्मण रिजाल निर्देशित चलचित्रमा केकीसँगै विपिन कार्की, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारीलगायतको अभिनय छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्