मनोरंजन

फेसनका नयाँ डिजाइन प्रस्तुत

काठमाडौँ । दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित ‘आइइसी डिजाइनर रनवे–१५’ नामक फेसन सोमा १८ सेलिब्रेटी र मोडलले एउटै ¥याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे ।

आइइसी कलेजको आयोजना रहेको फेसन शोमा शिल्पा मास्के, नीति शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, आना शर्मा, मलिका महत, अदीति अधिकारीलगायत फेसनका आकर्षक र नयाँ डिजाइनसहित प्रस्तुत हुनुभयो ।

उक्त सोमा ६६ जनाभन्दा बढी डिजाइनरले तयार पारेका विभिन्न आकर्षक फेसनका ३० र १७ तरिकाको ¥याम्प प्रदर्शन भएका थिए । भारतीय कोरियोग्राफर यतिन गान्धी कारियोग्राफी रहेको सोलाई नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्