नेपाल

बाढी पहिरोका कारण मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध

फिदिम । बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथरस्थित हेँवा खोला,मध्यपहाडी राजमार्गको रिजालभिर र दोभानेखोला,तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी साधन र ढुवानी सेवा वारपार हुन सकेका छैनन भने राँके रवि भेडेटार र फिदिम फालौट जस्ता मुख्य सडकमा आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गर्दा राजमार्ग मध्यरातदेखि अवरुद्ध भएको हो ।

यस्तै तमोर करिडोरमा पर्ने पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा आएको बाढीका कारण यो सडक अवरुद्ध भएको हो । राँके रवि छ नम्बर बुधबारे हुँदै धनुटाको भेडेटार जोड्ने सडक पनि बन्द भएको बताइएको छ ।मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अन्तर्गत रिजाल भिरमा पहिरो जाँदा यो सडक अवरुद्ध भएको हो ।

सोही राजमार्गको दोभाने खोलाको डाइभर्सनमा पनि बाढीले क्षति पुर्‍याएको छ  फिदिम फालौट खण्डमा पर्ने फेमे खोला र मुवा खोलाका डाइभर्सन पनि बाढीले पुरेको छ ।जस कारण यी दुवै खोलाबाट सवारी वारपार गर्न सकिरहेका छैनन ।जिल्ला प्रशासन कार्यालय पाँचथरले सचेत रहन सर्वसाधारणलाई सूचना मार्फत आह्वान गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्