एक्सक्लुसीभ

बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा

बाजुरा। जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् ।

नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गर्नु भएको हो ।

छाउपडी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ । बडीमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाले नगरपालिकाको ती दुई वटै वडालाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएकोे जानकारी दिनु भएको छ ।

महिला तथा बालबालिका शाखाले सञ्चालन गर्दै आएको महिलासँग उपप्रमुख कार्यक्रममार्फत वडामा रहेका गोठको अनुगमन गरी उनीहरुलाई छाउ प्रथाको अभिमुखीकरणपछि गोठमुक्त घोषणा गरिएको वडा नम्बर ७ की वडा सचिव सरिता ठकुल्लाले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिनाबारी भएका महिलालाई घरमै बस्ने वातावरण बनाउने गरी वडालाई औपचारिक कार्यक्रमका बीच छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो ।

वडामा रहेका जिल्ली, ढम्कने, सुनकाना, सिराडी, रजातोली टोलमा स्थानीयले महिला महिनाबारी भएका बेला बस्ने घरभन्दा टाढा बनाइएका गोठको अनुगमन गरी भत्काइएको थियो ।

वडामा पटक पटक जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारसहित बाल क्लव, महिला आमा समूहले अनुगमनसँगै वडाका प्रत्येक टोलमा रहेका महिला आमा समूह र बालक्लवको सक्रियतापछि वडालाई पालिकाको चारऔँ वडामा रूपमा छाउपडी गोठमुक्त घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

वडामा रहेका नागरिकले बनाएका छाउपडी गोठ प्रयोग विहीन र भत्काइएको हो । वडामा रहेका पहिलो चरणको अनुगमनमा १८ वटा छाउ गोठ भेटिएको र दोस्रो चरणमा १२ छाउगोठसहित ३० वटा छाउगोठ रहेको तथ्याङ्क वडाले सार्वजनिक गरेको छ ।

नगरपालिकालाई नै छाउपडी गोठमुक्त पालिका घोषणा गर्ने गरी वडामा रहेको गोठको न्यूनिकरण गरी वडामा छाउ गोठलाई निरुपण गर्ने गरी पालिकाले काम गर्दै आएको छ ।

यस्तै वडा नं १ मा स्थानीय महिला समूह, बाल क्लव, विद्यार्थीसहितको सक्रियतामा वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गर्न सफल भएको वडा सचिव इश्वरी कार्कीले बताउनुभएको छ ।

पालिकासहित सरोकारवाला निकायको गोठको अनुगमन, स्थानीयलाई छाउपडी प्रथा विरुद्धको सचेतना, अभिमुखीकरण र जनचेतना कार्यक्रम गर्दै उनीहरुको सक्रियतामा नै गोठमुक्त गरिएको वडा सचिव कार्कीले बताउनुभयो ।

घोषणा कार्यक्रममा विभिन्न झाँकी, देउडा र सडक नाटक प्रदर्शन गरिएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्