एक्सक्लुसीभ

प्रधानमन्त्री बालेन्द्र शाह फेसबुकमा लेख्छन, ‘विद्यार्थी र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने’

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी र कर्मचारीतन्त्रमा रहेको दलगत राजनीतिक प्रभाव हटाउने नीति आवश्यक रहेको बताउनुभएकाे छ।

सोमबार फेसबुकमा लेख्दै उहाँले वर्षौंदेखि विद्यार्थी संगठन र कर्मचारी संरचनाहरू दलका “स्लिपर सेल” जस्तै बनेको भन्दै आलोचना गर्नुभएकाे हाे। उहाँले योग्यता र क्षमताभन्दा पहुँच र दलगत झुकावलाई प्राथमिकता दिइँदा प्रणालीप्रति जनविश्वास कमजोर भएको उल्लेख गर्नुभएकाे छ।

प्रधानमन्त्री शाहले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन निर्माणको अभावका कारण नभई प्रणाली सुधारका लागि गरिएको स्पष्ट पार्नुभएकाे छ । “विगतले देखाइसकेको छ, दलगत संगठन थपिँदैमा शिक्षाको गुणस्तर वा कर्मचारीको सम्मान बढ्दैन,” उहाँले लेख्नुभएकाे छ।

उहाले अब शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गर्ने नीति अघि सारिएको बताउनुहुँदै यस्तो कदमले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता र निष्पक्षता बलियो बनाउने दाबी गर्नुभएकाे छ।

नियुक्ति, सरुवा र बढुवामा दलगत निकटताभन्दा विधि, क्षमता र दक्षतालाई आधार बनाइने उहाँले उल्लेख गर्नुभएकाे छ।

प्रधानमन्त्री शाहले यो कदमलाई कुनै दलविरुद्धको लडाइँ नभई प्रणाली र भविष्य जोगाउने प्रयास भएको बताउनुभएकाे छ। उहाँले परिवर्तन भाषणबाट नभई निर्णयबाट आउने उल्लेख गर्दै जनताको साथ र विश्वास आवश्यक रहेको उल्लेख गर्नुभएकाे छ।

सरकारले आवश्यक परे अध्यादेशमार्फत यी सुधार लागू गर्ने तयारी गरेको पनि उहाँले संकेत गर्नुभएकाे छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्