नेपाल

फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार

काठमाडौँ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट फूलचोकी जङ्गलमा क्षेत्रमा हाइकिङ गएका आठ जना विद्यार्थीको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ।

फूलचोकीको उद्धारमा अनुभवी दावा तामाङको सहयोगमा बाँडेगाउँ प्रहरीको टोलीले सोमबार बिहान फूलचोकी हाइकिङ गएका  विद्यार्थीलाई १२ घण्टापछि काभ्रेको रोशी क्षेत्रबाट उद्धार गरेको हो।

उद्धारमा संलग्न तामाङले आफूलाई सोमबार साँझ ५ बजे विद्यार्थी हराएको खबर प्रहरीबाट पाएपछि तत्काल उद्धारका लागि फूलचोकी क्षेत्रमा गएको बताउनुभयो।उहाँका अनुसार खोज्नेक्रममा रातको १२ बजे विद्यार्थीलाई फेला पार्न सफल भएको जानकारी दिनुभयो।विद्यार्थीलाई जंगलबाट सहज सम्पर्कमा ल्याउन बिहान ५ बजेको उहाँको भनाइ छ।

जंगलमा गुगल म्यापले काम नगरेको र बाटोको जानकारी नभएकोले उद्धारमा ढिलाइ भएको बताउनुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्