नेपाल

संसदीय समितिबाट प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा डा. मनोज शर्माको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । मङ्गलबार संसदीय सुनुवाइपछि समितिबाट शर्माको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

समितिका सभापति बोधनारायण श्रेष्ठले २०८३ वैशाख २४ गते सिफारिस अनुसार डा. शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन भएको जानकारी दिएका छन् ।

सभापति श्रेष्ठले भने, ‘संवैधानिक परिषद्को २०८३ वैशाख २४ गतेको निर्णय बमोजिम नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम सर्वसम्मत अनुमोदन गर्ने निर्णय भएको छ ।’

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ भएको हो । समितिले मङ्गलबार बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्