खेलकुद

फिफा विश्वकप–२०२६ का लागि नेदरल्यान्ड्स टोलीको घोषणा

काठमाडौँ । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि नेदरल्यान्ड्स टोलीको घोषणा भएको छ ।

प्रशिक्षक रोनाल्ड कोम्यानले बुधबार राति २६ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो । यसअघि तीन पटक फाइनलमा स्थान बनाएको नेदरल्यान्ड्सले अहिलेसम्म विश्वकप उपाधि चुम्न सकेको छैन । नेदरल्यानड्स सन् सन् १९७४ मा पश्चिम जर्मनी, १९७८ मा अर्जेन्टिना र २०१० मा स्पेनसँग फाइनलमा पराजित भएको थियो ।

नेदरल्यान्ड्स यसपटक विश्वकपको समूह ‘एफ’ रहेको छ । यस समूहमा जापान, स्विडेन र ट्युनिसिया रहेको छ । नेदरल्यान्ड्सले असार १ गते जापानसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।

नेदरल्यान्ड्स विश्वकप टोली

गोलरक्षक : मार्क फ्लेक्केन (बायर लेभरकुसेन), रोबिन रोएफ्स (सुन्डरल्यान्ड) र बार्ट फेरब्रुगेन (ब्राइटन)

रक्षक : नाथन आके (म्यानचेस्टर सिटी), भर्जिल भान डाइक (लिभरपुल), डेन्जेल डुम्फ्रिस (इन्टर मिलान), जोरेल हातो (चेल्सी), यान पल भान हेके (ब्राइटन), मिकी भान डे भेन (टोट्टनहाम) र युरियन टिम्बर (आर्सनल)

मिडफिल्डर : रायन ग्राभेनबेर्ख (लिभरपुल), फ्रेन्की डे जोङ (बार्सिलोना), ट्युन कोपमाइनर्स (युभेन्टस), टिजानी राइन्डर्स (म्यानचेस्टर सिटी), मार्टेन डे रुन (एटलान्टा), गुस टिल (पिएसभी आइन्डहोभेन), क्विन्टेन टिम्बर (मार्से) र मात्स विफर (ब्राइटन)

स्ट्राइकर : ब्रायन ब्रोबे (सन्डरल्यान्ड), मेम्फिस डेपाए (कोरिन्थियन्स), कोडी गाक्पो (लिभरपुल), जस्टिन क्लुइभर्ट (बोर्नमाउथ), नोआ लाङ (गलाटासारे), डोनिएल मालेन (रोमा), क्रिसेन्सियो समरभिल (वेस्ट ह्याम) र वाउट वेघोर्स्ट (आयाक्स)

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्