खेलकुद

विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि नेपाललाई

काठमाडौँ  । नेपालले अपराजित रहेर आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ १ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रनको योगफल तयार पार्यो ।

नेपालका लागि आसिफले सर्वाधिक ६९ रनको योगदान गरे । यसैगरी दीपेन्द्रले ५३, लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले १७ रन बनाए ।

सामोआका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक विकेट लिए ।

जवाफी ब्याटिङमा सामोआले २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्