मनोरंजन

‘पियारी’ सार्वजनिक

काठमाडौँ । नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘पियारी’ बोलको कौडा चुड्का गीत सार्वजनिक गरिएको छ । गण्डक क्षेत्रको रैथाने भाकालाई समेटिएको गीतले विशेषतः गोरखा, तनहुँ आसपासमा प्रचलित परम्परागत सांगीतिक शैलीलाई उजागर गरेको निर्माण टिमले जनाएको छ ।

गणेश गुरुङ, तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर रहेको गीतको शब्द गुरुङले नै लेख्नुभएको हो । चन्द्र गुरुङ (केवरपानी) र गोरा बाजे (तोरेन) ले सङगीत दिनुभएको छ । सो गीतमा हितमान गुरुङ, सुस्मिता गुरुङ, अन्जु गुरुङ र गणेश गुरुङको अभिनय रहेको छ । विष्णुहरि तिमल्सिनाको सम्पादन रहको गीतको निर्देशन मनाङ गुरुङले गर्नुभएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्