मनोरंजन

चलचित्र ‘हर्ष’ प्रदर्शनमा

काठमाडौँ । नेपालका हलमा कलिउड चलचित्र ‘हर्ष’ र बलिउड चलचित्र ‘तेरे इस्क मे’ प्रदर्शनमा आएका छन् । एकता पौडेल निर्देशित ‘हर्ष’ पारिवारिक कथावस्तुमा आधारित छ ।

खुसीसँग जीवन बाँचिरहेको मुख्य पात्र केशरले अचानक आउने सङ्कटबाट परिवारलाई जोगाउनु पर्छ भन्ने विषय चलचित्रमा उठाइएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त,नीर शाहलगायतको प्रमुख अभिनय छ ।

बलिउड चलचित्र ‘तेरे इस्क मेँ’ समेत शुक्रबार नै प्रदर्शन भएको छ । आनन्द एल राय निर्देशित चलचित्रमा धनुष र कीर्ति सेनन शीर्ष भूमिकामा देखिनुभएको छ । एक्सन–रोमान्स जनरामा राखिएको चलचित्रमा शङ्कर र मुक्ति नामक दुई पात्रको प्रेमकथा चित्रण गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्