मनोरंजन

गायिका लक्ष्मी हमालको ‘लडेर उठन’ बोलको गीत सार्वजनिक

काठमाडौँ। गायिका लक्ष्मी हमालको आवाजमा ‘लडेर उठन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । निर्माण योन्जनको सङ्गीत तथा रचना रहेको गीतले समाजको भावनात्मक कुरालाई उजागर गर्न खोजेको छ । गीतले अरूको राम्रो उन्नति र प्रगति हुँदा सबैले वाहवाही गर्ने तर नराम्रो हुँदा आफ्नैले पनि नराम्रो व्यवहार गर्ने कुरालाई दर्साउने गायिका हमालले बताउनुभयो ।

बबिता श्रेष्ठको कथा तथा निर्देशन रहेको गीतलाई हमालले नै निर्माण गर्नुभएको छ । परिवेश स्टुडियोमा तयार पारिएको गीतका सहायक निर्देशक सुजल शाही हुनुहुन्छ । गीतमा विक्रम बुढाथोकी र मल्लिका राजोपाध्यायको अभिनय रहेको छ । नरेश अय्यरको सिनेम्याटोग्राफी रहेको गीतमा विकास दाहाल, सुमन तामाङ र नवीन बोहोराले दृश्य सम्पादन गर्नुभएको छ । गीत मल्लिका अफिसियलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्