नेपाल

पाँचथरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, तीन घाइते

फिदिम । अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण पाँचथरको तुम्बेबा र फाल्गुनन्द गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्मा र फाल्गुनन्द गाउँपालिका ३ का १७ वर्षीय छोरा मिसेक नेम्वाङ रहेको पाँचथर प्रहरीले जानकारी दिएको छ ।

शेर्माको घर माथिबाट आएको पहिरोले पुर्दा घटनास्थलमै ज्यान गएको हो यस्तै नेम्वाङको निबु खोलाले बगाउँदा ज्यान गएको  जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो।

उहाँका अनुसार पहिरोमा परेर तीनजना घाइते भएका छन्। मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया श्रीमती मनमाया कार्की, फाल्गुनन्द ५ जौवारीका ६६ वर्षीय धनबहादुर चेम्जोङ र फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे घाइते हुनुभएको हो।

जिल्लामा निरन्तर वर्षा जारी रहेकाले थप क्षति हुने सम्भावना रहेको र प्रहरी तथा स्थानीयवासी उद्धार र सुरक्षामा परिचालित रहेको प्रहरीले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्