नेपाल

पहिरो खस्दा मध्यपहाडीको लमजुङ–पोखरा सडकखण्ड अवरुद्ध

लमजुङ । सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको लमजुङ–पोखरा सडक खण्ड अवरुद्ध भएको छ । बिहीबार बिहान मध्यनेपाल नगरपालिका–९ बिमिरेभञ्याङमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

बिहान ७ः३० बजेतिर रुख र चट्टानसहितको ठूलो पहिरो खसेको थियो । अहिले पनि ससाना पहिरो र ढुङ्गाहरु झरिरहेको स्थानीयले बताएका छन् । स्थानीय सुरज गुरुङका अनुसार पहिरोले लमजुङबाट पोखरा जान लगेका र पोखराबाट लमजुङतर्फ आएका सवारी साधनहरु पहिरोले रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार शाह तेलीले पहिरो हटाएर सडक खुलाउनका लागि पहल भइरहेको बताउनुभयो । उहाँले सवारी साधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गरेर पठाइएको बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्