अर्थ

नेप्से परिसूचक ३८ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कले गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार ७८१ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७४ अङ्कले ओरालो लागेर ४७७ दशमलव ६८ मा सीमित भएको छ । आज कूल एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर रु आठ अर्ब नौ करोड ५६ लाख १० हजार ४४५ मूल्यमा खरिदबिक्री भएको छ ।

आजको कारोबारपछि शेयर बजारको कूल पुँजीकरण रु ४६ खर्ब ४७ अर्ब १८ करोड ५१ लाख ९९ हजार ५०८ बराबर पुगेको छ । कारोबारका आधारमा विकास हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, थ्रिस्टार हाइड्रोपावर, एनएजी इन्स्योरेन्स कम्पनी र पिपल्स पावर कम्पनीका शेयरधनीले कमाएका छन् ।

यस्तै, ओरियण्टल होटल, लुम्बिनी विकास बैङ्क, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क, सिकलेस हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले गुमाएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्