नेपाल

कैलालीको खुटिया नदीमा डुबेर चार जनाको मृत्यु

धनगढी । कैलालीको खुटिया नदीमा डुबेर चार जनाको मृत्यु भएको छ ।

आज दिउँसो खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका–१७ का सक्षम जोशी, जावेज भण्डारी, प्रतीक चौधरी र वडा नं.१५ का जेव भण्डारीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा चारै जना नदीमा डुबेको उहाँले बताउनुभयो ।

उनीहरू साथीहरूसँगै नदीमा नुहाउन गएका थिए । नदीमा नुहाउन गएका अन्य तीन जना भने सकुशल रहेको बताइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्