एक्सक्लुसीभ

नेपाल–भारत सीमाना नदी महाकाली किनारमा अवैध उत्खनन, अख्तियारमा उजुरी

बैतडी । नेपाल–भारत सीमाना नदी महाकाली किनारमा भएको अवैध उत्खननको विषयमा अख्तियारमा उजुरी परेको छ । अवैध रुपमा उत्खनन् भइरहेको उजुरी परेपछि अख्तियारले पनि चासो देखाएको हो । 

अख्तियारमा उजुरी परेपछि अवैध रुपमा उत्खनन भएको विषयमा कानुन अनुसार अघि बढ्ने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले पञ्चेश्वर गाउँपालिकालाई गाउँपालिकालाई पालिकालाई वास्तविक जानकारी दिनभन्दै पत्र पठाएको थियो ।

अख्तियारमा उजुरी परेको विषयमा गाउँपालिकामा पत्र आएको र यस विषयमा आवश्यक  प्रक्रिया अघि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह भण्डारीले जानकारी दिनुभयो  । नदी उत्खननको लागि कुनै पनि निर्माण कम्पनीलाई गाउँपालिकाबाट अनुमति नदिइएको समेत प्रमुख प्रशासकीय अधिकृत भण्डारीले स्पष्ट पार्नुभयो ।

गत माघ देखि नै सीमा नदी महाकालीमा पर्ने जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ जंगल्तडा क्षेत्रमा कन्काइ कुमार केएस जेभीले लगातार उत्खनन गरिरहेको थियो । उक्त क्षेत्रमा क्रसर नै राखेर उत्खनन भइरहेको हो । उक्त कम्पनीले भौतिक पूर्वाधार कार्यालय बैतडीबाट मेलौलीदेखि पञ्चेश्वरसम्मको सडक स्तरोन्नतिको जिम्मा पाएको हो ।

क्रसर मापदण्ड २०७७ अनुसार सिम नदीभन्दा एक किलोमिटर टाढा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्रै क्रसर सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ । यसैगरी ढुङ्गा गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले पनि वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरेर मात्रै उत्खनन तथा क्रसर उद्योग सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ । तर उक्त निर्माण कम्पनीले भने कुनै प्रक्रिया नपु¥याएर महाकाली नदीमै उत्खनन गर्दै क्रसर सञ्चालन गरिरहेको थियो ।

अवैध उत्खननको विषयमा अनुगमनको जिम्मेवारी जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति रहने व्यवस्था छ ।

अवैध रुपमा उत्खनन भइरहेको विषय बाहिर आएपछि अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वयले थप चासो दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामी, समन्वय समितिको कार्यालयका प्रमुख रघुनाथ अवस्थी सहितको टोलीले बिहीबार मात्रै गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको थियो । तर छलफलमा कुनै ठोस रुपमा कानुनी विषयमा अघि बढ्ने विषयमा सहमति भएको छैन ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्