खेलकुद

नेपाल आइपुगे मधेश युनाइटेडमा अनुबन्ध नेदरल्यान्ड्सका खेलाडी

काठमाडौँ । वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाईटेडमा अनुबन्धन भएका नेदरल्यान्ड्सका खेलाडी आइतबार नेपाल आईपुगेका छन् ।

नेदरल्यान्ड्सकी डानिक आर्डेमा, कर्स्टेन वेसेल्स र रोमी भिनस्ट्रा नेपाल आईपुगेका हुन् । आर्डेमा अनुभवी सेटर हुन् जसले नेदरल्यान्ड्सकाको शीर्ष स्तरीय क्लबमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिरहेकी छिन् । आर्डेमाले आफ्नो करियरमा नेदरल्यान्ड्स, स्पेन र जर्मनीका विविध क्लबमा खेलेर अनुभव समेटेकी छन् ।

पछिल्लो समय उनी नेदरल्यान्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा –डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । सन् २०२४ मा उनले नेदरल्यान्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल पनि भइन् ।

यस्तै वेसेल्सको स्पाइक पहुँच ३०० सेमी र ब्लक पहुँच २९३ सेमी रहेको छ । २६ वर्षीय  वेसेल्स आफ्नो बहुमुखी क्षमता, दमदार आक्रमण र स्थिर बचाउका कारण विश्वभर चर्चित हुँदैछिन् । अर्की भिनस्ट्रा आउट साईड हिटर हुन् ।

उनी सन् २०२१ र २०२२ को सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा–डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । उनी टोलीको आक्रमण र रक्षा दुवै क्षेत्रमा भरोसायोग्य खेलाडी मानिन्छिन् ।

सन् २०२४ मा उनले सुडोसा-डेस्टोका लागि नेदरल्यान्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भइन् । तीनै जना खेलाडीलाई मधेशका घरेलु खेलाडी र अफिसियलले स्वागत गरेका थिए ।

मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन भने टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन् । इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्