मनोरंजन

नेपाली सेनाको नयाँ प्रस्तुति ‘रेन्जर’ र्‍याप  सार्वजनिक

काठमाडौँ । नेपाली सेनाले आधुनिक शैलीमा तयार पारिएको ‘रेन्जर’ बोलको र्‍याप गीत सार्वजनिक गरेको छ। सेनाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

तीन दिनअघि सार्वजनिक गरिएको गीतलाई शनिबार मध्याह्नसम्म करिब दुई लाख पटक हेरिएको छ। गीतमार्फत सेनाभित्र विशेष तालिमप्राप्त लडाकु अर्थात् ‘रेन्जर’ को साहस, अनुशासन, सङ्घर्ष र जिम्मेवारीलाई र्‍याप शैलीमा प्रस्तुत गरिएको छ।

गीतका शब्द प्रताप मगरले लेख्नुभएको हो भने भिडियोको मुख्य निर्देशन बासुदेव धिमालले गर्नुभएको छ। यस्तै सिद्धार्थ मोक्तान सहायक निर्देशकको भूमिकामा रहनुभएको छ। उक्त साङ्गीतिक भिडियोमा सैनिक तालिम, अभ्यास तथा विभिन्न गतिका दृश्य समेटिएका छन्, जसले गीतलाई अझ प्रभावशाली बनाएको छ।

परम्परागत सैन्य प्रस्तुतिभन्दा फरक शैलीमा ल्याइएको ‘रेन्जर’ गीतलाई सेनाको आधुनिक सञ्चार रणनीतिको हिस्सा मानिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्