खेलकुद

नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसिया २ विकेटले पराजित

काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पहिलो टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा बुधबार सङ्घर्षपूर्ण जित निकालेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा नेपालले घरेलु टोलीलाई २ विकेटले हराएको हो ।

६८ रनको सामान्य लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्र बनायो । जितसँगै दुई खेलको टि ट्वान्टी सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ ।

दोस्रो खेल शुक्रबार हुने छ । एसियन खेलकुद छनोट खेल्न नेपाली टोली मलेसिया पुगेको हो । छनोट शनिवार सुरु हुनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्