खेलकुद

नेपालद्वारा युएई ६ रनले पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ मा नेपालले युएईविरुद्ध ६ रनको रोमाञ्चक जित हात पारेको छ ।

वर्षा बाधक बनेको खेलमा नेपालले डिएलएस विधिमा दिएको २५५ रनको बलियो लक्ष्य युएईले पछ्याउन सकेन । ३८ ओभरको समाप्तिमा युएईले सात विकेट गुमाउँदै मात्र २४८ रन बनाउन सक्यो ।

नेपालले दिएको २९० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको युएईले ४.१ ओभरमा एक विकेट गुमाउँदै ३६ रन जोड्दा वर्षा बाधक बनेको थियो । त्यसपछि लगभग ४५ मिनेट खेल सुचारु हुन सकेन । जसका कारण खेललाई ३८ ओभरमा झारिएको थियो ।

अन्तिम बलसम्म पुगेको खेलमा नेपालका बलर नन्दन यादवले यूएइलाई रोक्न सफल भए । अन्तिम ओभरमा यूएइलाई १४ रन आवश्यक थियो । पहिलो बलमा खुजैमा तनवीरले चौका प्रहार गरे । दोस्रो बलमा यादवले तनवीरलाई आउट पारे भने तेस्रो बलमा जुनैद सिद्धिकी रन आउट हुन पुगे ।

चौथो बलमा अक्षदीप नाथले चौका प्रहार गर्दै यूएइलाई खेलमा फर्काए । यूएइलाई दुई बलमा ७ रन आवश्यक थियो । नन्दनले पाँचौँ र छैटौँ बलमा यूएइलाई रन बनाउन दिएनन् र खेल नेपालको पोल्टामा पारे ।

यूएईले ३८ ओभरमा ८ विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो । मुहम्मद शहदादले ६५, खुजैमा तनवीरले ४९, आर्यान्स शर्माले ३३ तथा अक्षदीप नाथले अविजित ३६ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन जोड्यो।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । ९४ बल खेलेका उनी १०० रनमा रन आउट हुन पुगे । यस्तै, विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रन जोडे ।

बलिङतर्फ यूएइका अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई तथा खुजैमा तनवीर हैदर अलीले एक–एक विकेट लिएका थिए । यसअघिको खेलमा नेपालले यूएइलाई ३७ रनले हराएको थियो ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आइसिसी क्रिकेट विश्वकप लिग २ मा १०० विकेट लिने पहिलो बलर बनेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्