राजनीति

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा रास्वपा नेता तथा कार्यकर्ताहरू संयमित भएर प्रस्तुत हुन जरुरी रहेको बताउनुभएको छ । 

रास्वपा पार्टी कार्यालय भरतपुरमा आज आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रास्वपाका नेता कार्यकर्ताहरू जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रास्वपालाई एउटा आरोप छ । रास्वपाका समर्थकहरू गाली गलोज गर्छन् । त्यसबाट माथि उठेर सु–संस्कृत बन्नुपर्ने छ ।” अहिले सुज–बुझका साथ अघि बढ्नुपर्ने समय आएको उहाँको भनाइ थियो । उहाँले निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भन्दै निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव बिथोल्ने कुरा बन्द गर्नुहोला । बेथितिको अध्याय अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय निर्वाचन नै हो ।  चुनाव बिथोल्ने काम कहीँ कतैबाट नगर्नुहोला ।”

रास्वपाले राजनीतिक प्रतिशोधको राजनीति नगर्ने बताउँदै उहाँले सबैप्रति जिम्मेवार हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । सिङ्गो देश र पुस्ताको सपना पूरा गर्न रास्वपा बलियो बन्न आवश्यक रहेको उहाँको भनाइ थियो । व्यक्तिगत स्वार्थभन्दा माथि देश र जनताको स्वार्थलाई राखेर उम्मेदवार छनोट गर्ने क्रममा आफूहरू रहेको उहाँले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्