राजनीति

काँग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभा अधिवेशन आह्वानको माग गरेको छ । काँग्रेसको राष्ट्रियसभा संसदीय दलको आजको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा नभएकाले अविलम्ब राष्ट्रियसभा बैठक आह्वान गर्न उक्त सभाका अध्यक्षसमक्ष माग गर्ने निर्णय गरेको हो ।

जनआवाज उठाउने सार्वभौम संसद् राष्ट्रियसभा मात्र रहेकाले पार्टीले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब आह्वान हुनुपर्ने माग गरिएको सचेतक रोकायले राससलाई बताउनुभयो ।

बैठकले संविधानसभा सदस्य गणेशबहादुर खड्का,  पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री, बाग्लुङका पूर्वजिल्ला सभापति गोविन्दप्रसाद शर्मा कँडेल, संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादव, पूर्वमन्त्री अच्युतराज रेग्मी, पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतम र मोहम्मद आफ्ताव आलम, राष्ट्रियसभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ र पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्