एक्सक्लुसीभ

प्रधानमन्त्री कार्कीद्वारा थप ५ जना मन्त्रीहरूको नाम सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गर्नु भएको छ ।

प्रधानमन्त्री कार्कीले आफ्नो समूहसंगको परामर्श पछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नु भएको हो ।

सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्रीमा सिफारिस गर्नु भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्