एक्सक्लुसीभ

धनुषा–३ मा रास्वपाका उम्मेदवार मनिष झा विजयी

जनकपुर । धनुषा  ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत र नेकपा (एमाले) का जुलिकुमारी महतोले नौ हजार ७८६ मत प्राप्त गर्नुभएको छ ।रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्