राजनीति

काँग्रेस बैठक : महाधिवेशन र निर्वाचनलगायतका विषयमा छलफल

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पार्टीको महाधिवेशन र निर्वाचन लगायतका विषयमा छलफल भएको नेपाली काँग्रेसले जनाएको छ ।

आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू— महेन्द्र यादव र बद्री पाण्डे, केन्द्रीय सदस्यहरू– बिजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, ज्ञानेन्द्र बहादुर कार्की लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्य सम्पादन समितिको बैठक भोली दिउँसो १ः०० बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्