इमिग्रेशन अपडेट

दुई अमेरिकी किशोरको ज्यान जाने गरि गाडी चलाएको आरोपमा एक आप्रवासी पक्राउ

वासिङ्टन । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले विस्कॉन्सिनको डेन काउन्टीमा दुई अमेरिकी किशोर किशोरीहरूको ज्यान लिने घातक कार दुर्घटना निम्त्याउने एक होण्डुरन आप्रवासीलाई पक्राउ गरेको छ।

आइसले घटनाको मुख्य दोषी भन्दै होन्डुरसबाट आएकी आप्रवासी नोएलिया साराय मार्टिनेज-एभिलालाई पक्राउ गरेको हो । नोएलिया साराय मार्टिनेज-एभिलाले जुलाई २० मा राजमार्गमा गलत दिशामा गाडी चलाउँदा गाडीलाई ठक्कर दिएर १८ वर्षीया ह्याली हेल्गेसनको घटनास्थलमै मृत्यु भएको थियो । मार्टिनेज-एभिलाले १९ वर्षीया ब्राडी हेलिङलाई पनि गम्भीर घाइते बनाइन जसको जुलाई २५ मा मृत्यु भयो।

नोएलिया सारे मार्टिनेज-अभिलालाई विस्कॉन्सिन कानून प्रवर्तनद्वारा सवारी साधन हत्या र बिगारी ड्राइभिङको दुईवटा गम्भीर आरोप लगाइएको थियो। आइसले उनको गिरफ्तारी संगै देशबाट निष्कासनको लागि थुनामा राखेर  मुद्धा दायर गरेको छ।

“ह्याली हेल्गेसन र ब्राडी हेलिङको अगाडि आफ्नो सम्पूर्ण जीवन थियो – र यदि नोएलिया साराय मार्टिनेज-अभिला नभएको भए तिनीहरू आज पनि जीवित हुने थिए – होन्डुरसकी एक आप्रवासी मार्टिनेज-अभिलाले मादक पदार्थ सेवन गरी राजमार्गमा गलत बाटोमा गाडी चलाउँदा यी दुई किशोरकिशोरीहरूको मृत्यु भयो,” सहायक सचिव ट्रिसिया म्याकलाफ्लिनले भनिन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्