इमिग्रेशन अपडेट

डिएचएसद्वारा लुइसियाना जेलमा रहेका ५१ जना गैरकानूनी आप्रवासीहरूको नाम सार्वजनिक

लस एन्जलस । शुक्रबार गृह सुरक्षा विभाग (डिएचएस) ले लुइसियाना लकअपमा रहेका ५१ जना विभिन्न अपराधका आरोपी गैरकानूनी आप्रवासीहरूको नाम सार्वजनिक गरेको छ ।

उनीहरुलाई लुइसियाना राज्य पेनिटेन्शियरी वा अंगोला जेलमा राखिएको छ । लुइसियाना राज्यसँगको यो साझेदारीले आइसलाई ४१६ शैयासम्म हिरासत स्थान विस्तार गर्न अनुमति दिन्छ।

लुइसियाना लकअपमा रहेका विभिन्न अपराधका आरोपी गैरकानूनी आप्रवासीहरूमा २६ जना हत्याको अभियोगमा दोषी ठहरिएका छन् भने ८ जना बलात्कारको अभियोगमा दोषी ठहरिएका छन् ।

यसै गरि ८ जना यौन शोषणको अभियोगमा दोषी ठहरिएका गैरकानूनी आप्रवासी छन् भने ९ जना नाबालिगको यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहरिएका गैरकानूनी आप्रवासी छन् ।

डिएचएस प्रवक्ताले विभिन्न अपराधका आरोपी गैरकानूनी आप्रवासीहरुको नाम सार्वजनिक गर्दै भने ‘हत्यारा, बाल यौन दुराचार गर्ने, बलात्कारी यी आपराधिक गैरकानूनी आप्रवासीहरु हुन् जसलाई आइसद्वारा पक्राउ गरिएको छ र लुइसियाना लकअपमा राखिएको छ।’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्