मनोरंजन

दयाहाङ राईको ‘वरिष्ठ बलराम’ कात्तिक ६ गतेबाट प्रदर्शनमा

काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । चलचित्रमा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा देखिनुभएको छ । चलचित्रमा प्रायः विजय दयाहाङ सहयोगीका रूपमा देखिँदै आउनुभएको छ तर यस पटकको सहकार्य अलि भिन्न रहेको अनुमान गर्न सकिन्छ । निर्माण युनिटले पोस्टरदेखि ट्रेलरसम्म दयाहाङ र विजयलाई उत्तिकै महत्व दिएको छ । चलचित्र एक पोस्टरमा दुवै कलाकार एकअर्कोसँग भिड्दै गरेको समेत देखाइएको छ ।

चलचित्रको प्रमुख कलाकार को हो भनेर अहिले दर्शकमाझ उत्सुकता बढेको छ । भाइटीकाको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको छ । चलचित्रमा दयाहाङ र विजयको अलवा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पिके) लगायत कलाकारको अभिनय छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्