मनोरंजन

‘होरी’को भिडियोमा राजेश हमाल र पूर्वमिस नेपाल उषा

काठमाडौँ । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वर रहेको ‘होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिममा लोकप्रिय रहेको लोकभाकालाई राष्ट्रियकरण गर्ने उद्देश्यले तयार पारिएको गीतमा महानायक राजेश हमाल र पूर्वमिस नेपाल उषा खड्कीको मुख्य अभिनय रहेको छ ।

भिडियोमा हमाल र खड्कीका साथै मनोज महर्जन र बिन्दिया बुढाथोकीलाई पनि देख्न सकिन्छ । भक्तपुरका विभिन्न स्थानमा दुई दिन लगाएर छायाङ्कन गरिएको यस भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्त्वलाई नजिकबाट केलाएको निर्माण पक्षको दाबी छ ।

निर्देशक सरोज खड्काले सुदूरपश्चिमको मौलिक कला र संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले लामो प्रयासपछि यो गीत निर्माण गरिएको बताउनुभयो । राम अविरल विष्टको शब्द सिर्जना रहेको गीतमा दीपक आरजेको सङ्गीत रहेको छ ।

पवन सुस्लिङले छायाङ्कन गरेको यस भिडियोको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । देउ सिंह ओराको कोरियोग्राफी रहेको ‘होरी’ गायक कृष्ण विककै आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्