नेपाल

तौलिहवाको पचेहरामा बम विष्फोट

कपिलबस्तु । कपिलबस्तु नगरपालिका – १० तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट भएको छ । तौलिहवा जितपुर सडकखण्डको पचेहरा हाटबजारको बिचबाटोमा बम विष्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पडकेको आवाज आएको छ, खाल्डो भएको छ बम होकि के हो यकीन हुन सकेको छैन ।” घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्