नेपाल

एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट

नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार माक्स लगाएर आएका दुई जनाले उनीहरुलाई घर भित्रै ६ घण्टा बाँधेर लुटपाट गरेका हुन् । उनीहरुले आइफोन मोबाइल एक थान र रेडमि मोबाइल दुई थान र सुनका बाला लुटेका परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । घरका अन्य सामान भने चोरी नभएको बताइएको छ ।

प्रहरीका अनुसार सिसीटिभी फुटेजमा दुई जना माक्स लगाएका मान्छे देखिएका छन् । प्रहरीले उनीहरु ज्यान मार्ने उद्देश्यले आएको आशङ्कामा अनुसन्धान तीव्र पारेको नेपालले बताउनुभयो । साँझ ७ बजेदेखि बन्धक बनाइएकोमा राति १ बजेतिर हारगुहार मागेपछि उनीहरु भागेका थिए ।

पीडित खड्काका अनुसार उनीहरुले वृद्ध बुवा आमा, श्रीमति, छोराछोरी र बहिनि समेतलाई नियन्त्रणमा लिई आफुहरु सामाजिक अभियन्ता भएको र स्थानीय मिटरब्याजिहरुको खोजी र कारबाहिका लागि आएको भन्ने आशय व्यक्त गरेका थिए ।

उनीहरुको धाकधम्किका कारण आँफुहरु डराएको र लामो समयपछि आफ्नो टाउकोमा मुक्काले हानेपछि परिवारका सबैले एकसाथ प्रतिकार गर्दा मोबाइल र श्रीमतीको सुनको बाला लुटेर भागेको खड्काले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट झण्डै १ किलोमिटरको मात्र दूरीमा झिसमिसो साँझमा भएको उक्त घटनापछि त्रासको वातावरण सिर्जना भएको स्थानीय कपिलदेव भुसालले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्