एक्सक्लुसीभ

जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना नागरिकलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

सञ्चार मन्त्री खरेलले गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट भएको अध्ययनको आधारमा ४५ जना व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय भएको पनि बताउनुभयो ।

यस्तै विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार मन्त्री खरेलले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने र बेपता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्